आगामी साउन ६ गते अमेरिकामा हुने भनिएको नेफ्टा अवार्डको ११ औँ संस्करण विवादमा परेको छ। नेपाल चलचित्र प्राविधिक संघले गर्न लागेको यो अवार्डको स्थानीय आयोजक आर्यन फिल्मस्ले हात झिकेपछि विवादमा तानिएको हो।
साताअघि अवार्ड आयोजकबाट हात झिकेको आर्यन फिल्मस् प्रोडक्सनले भिषा प्रक्रियामा अनाधिकृत मान्छेको नाम थपिएकाले अवार्डबाट आफू बाहिरिने निर्णय गरेको बताएको छ।
संस्थाका महाप्रबन्धक तथा मार्केटिङ प्रमुख गोपाल कटुवालले जारी गरेको विज्ञप्तीमा भिषा प्रक्रियाका लागि निवेदन दिएका ४१ जनामा केही अनाधिकृत मान्छेहरुको निवेदन पनि परेकोले आफूहरु अवार्ड आयोजकबाट पछि हटेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा आफूहरुले नेफ्टालाई अमेरिका–नेपालको राउण्ड ट्रिप, सोल्टी होटलमा कार्यक्रम र अन्य मसलन्दका लागि १५ हजार अमेरिकी डलर दिइएको उल्लेख गरिएको छ। विज्ञप्तिमा उक्त १५ हजार डलर पूर्ण रुपमा फिर्ता गर्न समेत आग्रह गरिएको छ।
Shares

प्रतिक्रिया