कला


चलचित्र ‘बगान’ एकल आमालाई देशभर निःशुल्क देखाइने

चलचित्र ‘बगान’ एकल आमालाई देशभर निःशुल्क देखाइने

नेपालखबर
असार २३, २०८० शनिबार ६:४७, काठमाडौँ

चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्करुपमा चलचित्र देखाइने घोषणा गरेको छ।

एकल आमाको कथालाई प्रस्तुत गरिएको चलचित्रका निर्देशक सरोज खनालले विवरण खुल्ने कागजात देखाएर देशभर नै निःशुल्क चलचित्र हेर्न सकिने जानकारी दिए। 

‘हामीले प्रतिनिधि आमालाई सम्मान गरेका हौँ। उहाँहरूले समाजसँग लडेर सन्तानलाई सफल बनाउनु भएको योगदानलाई चलचित्रमार्फतसमेत बुझाउदै छौँ’, निर्देशक खनालले भने, उहाँहरूले परिचय खुल्ने विवरण पेश गरेर देशभरका चलचित्र भवनमा निःशुल्क चलचित्र हेर्न पाउनु हुनेछ।’

अभिनेत्री मानन्धरले उक्त सङ्घर्षलाई नजिकबाट महसुस गरेको बताइन्। ‘मलाई एकल आमाले नै हुर्काउनुभयो। उहाँको सङ्घर्ष र दायित्वलाई बुझेकी छु। साचै तीभन्दा माहान योद्धा अन्य छैनन्’, अभिनेत्री मानन्धरले भनिन्। 

चलचित्र ‘बगान’लाई सुरेश वाग्लेले निर्माण गरेका हुन् भने यसमा मिथिला शर्मा, नीर शाह, प्रमिला कार्कीलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .