रामचरण अभिनीत भारतीय फिल्म ‘पेड्डी’ ले सुखद् ओपनिङ गरेको छ। यस फिल्मले पहिलो दिन विश्वव्यापी रूपमा ११२.४९ करोड भारू ग्रस कलेक्सन गरेको हो।
व्यापार विश्लेषक वेबसाइट स्याकनिल्कका अनुसार यस फिल्मले भारतभर भने पहिलो दिन ५१ करोड भारू नेट व्यापार गरेको छ। पेड प्रिभ्यु शोसहित भारतको नेट ६९.५० (ग्रस ८२.४९) करोड भारू ग्रस कमाएको छ। फिल्मले पेड प्रिभ्युबाट १८.५० करोड भारू कमाएको थियो।
त्यस्तै, विदेशमा ३० करोड रुपैयाँ ग्रस कमाउँदै विश्वव्यापी कमाइ ११२.४९ करोड रुपैयाँ भारू पुगेको छ। ‘पेड्डी’ पहिलो दिनमै विश्वव्यापी रूपमा १०० करोडभन्दा बढी कमाउने ११ औँ तेलुगु फिल्म बनेको छ। साथै, एसएस राजामौलीको ‘आरआरआर’ पछि यो रामचरणको दोस्रो ठूलो ओपनिङ गर्ने फिल्म हो।
बुच्ची बाबु साना निर्देशित यस फिल्ममा रामचरण र जान्हवी कपुरसँगै शिव राजकुमार, जगपति बाबुलगायत कलाकारहरूको अभिनय छ। एक्सन जनरामा बनेको यो फिल्म नेपालका हलमा समेत प्रदर्शनरत छ।

प्रतिक्रिया