ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लगेको फिल्म ‘उपहार’का शिर्ष कलाकारको लाइनअप पुरा भएको छ। रेखा थापाको निर्माण रहने यो फिल्ममा रेखा, पूजा शर्मा र बेनिशा हमालले काम गर्ने पक्का भैसकेको छ।
फिल्ममा रेखाको जोडीको रुपमा मुकुन भुषाल र पूजाको जोडीका रुपमा समर्पण कार्की अनुबन्धित भैसकेका छन्।
अभिनेत्री बेनिशा हमालले पनि जोडी पाएकी छिन्। उनले यो फिल्ममा कलाकार तेज गिरीसँग स्क्रिन शेयर गर्नेछिन्। यो जोडीले फिल्म ‘प्रेमगञ्ज’मा एकसाथ काम गरेका थिए।
पहिलो फिल्मबाटै रुचाइएको तेज र बेनिशाको जोडी पुनः दोहोरिने भएको हो। कलाकार फाइनल भएसँगै निर्माण टिम छायांकनमा निस्कने तयारीमा छ।
33
Shares

प्रतिक्रिया