कला


गायिका आस्था राउतको स्वरमा ‘लै बरी लै’ सार्वजनिक (भिडिओ)

गायिका आस्था राउतको स्वरमा ‘लै बरी लै’ सार्वजनिक (भिडिओ)

नेपालखबर
असोज २८, २०८० आइतबार १६:५७, काठमाडौँ

गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ।

घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको गीत गायिका आस्थाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा सावित्री राउतको शब्द र सुरेश अधिकारीको संगीत छ भने किशोर थापाको मिक्सिङ र मास्तरिङ छ।

गायिका आस्थाले ‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन्।

गीतको भिडियोमा आस्था राउत, राज कटुवाल, मिहाङ र प्रवेशको अभिनय छ। भिडिओमा उपाशना शाक्य, कृतिका बराल, कञ्चन श्रेष्ठ, रिया सुन्दासलाई पनि देख्न सकिन्छ। गीतले छोटो जिन्दगीमा रामरमाइलो गर्नुपर्ने सन्देश दिन्छ।

गायिका आस्थाले गीतको भाव र चाडपर्वको मौसम एकै भएकाले गीतले दर्शकको साथ पाउने विश्वास व्यक्त गरेकी छिन्। यो गीत मात्र नभएर मेरा प्यारा दर्शकलाई सन्देश पनि हो,’ आस्थाको भनाइ छ।

उनको नृत्य कौशलले उनी गीत र नृत्य बराबरी गर्न सक्ने पक्का परफर्मर भएको सन्देश दिन सफल भएकी छिन्।

किरण थापा निर्देशित भिडिओमा झोलेइज्मको छायांकन, सम्पादन र भिजुअल इफेक्ट, किरन थापाको कोरियोग्राफी, रमा विश्वर्काको सहायक कोरियोग्राफी, प्रज्वल थापा मगरको सहायक छायांकन छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad