निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ ले मल्टिप्लेक्स हलहरूमा उत्साहजनक शो पाएको छ।
कात्तिक २४ गतेबाट प्रदर्शन हुने फिल्मको सोमबारदेखि अग्रिम बुकिङ खुला गरिएको हो।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दिमाग खराबलाई ५८ शो उपलब्ध गराएको छ। सोही दिन रिलिज हलिउड फिल्म ‘मार्वल्स’ लाई क्यूएफएक्सलेर ४८ शो दिएको छ।
त्यसैगरी वान सिनेमाजले १०, एफक्युबले ६, आईएनआई सिनेमाजले १४, क्युजसिनेमाजले ५, रञ्जनाले ७, सिकेसिनेमाजले ५ र सीडीसीले ३ शो दिएका छन्।
२ घण्टा २८ मिनेटको फिल्मले राजनीतिक पृष्ठभूमिमा आम मानिसको कथा भन्छ।
यस फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, पुस्कर गुरुङलगायतको अभिनय छ। निश्चलसहित अभिनेत्री सुपुष्मा भट्ट पनि फिल्मको विशेष भूमिकामा छन्।
रौनक निर्माता रहेको फिल्मको कथा आकाश बरालको लेखेका हुन्। मनोज पण्डित फिल्मका स्क्रिप्ट डाक्टर हुन्।
Shares

प्रतिक्रिया