अभिनेता शाहरुख खान छोरी सुहाना खानसँग एकसाथ काम गर्ने भएका छन्। उनीहरु सुजोय घोषको निर्देशनमा बन्ने बलिउड फिल्म ‘किङ्ग’ मा एकसाथ देखिन लागेका हुन्। फिल्ममा शाहरुखसँगै सुहानाको पनि मुख्य भूमिका हुनेछ।
यस फिल्मलाई सिद्धार्थ आनन्दले निर्माण गर्नेछन्। यसअघि उनले पठान समेत निर्देशन गरेका थिए। सस्पेन्स, थ्रिलर कथामा बन्ने फिल्ममा सुहानाको भूमिकाबारे भने खुलाइएको छैन।
यो चलचित्रमा बुवाछोरीको सम्बन्धबारे विषयवस्तु उठान गरिने बताइएको छ।
बलिउडमा शाहरुखलाई ‘किङ्ग’ को उपनामले चिन्छन्। फिल्ममा पनि उनी किङ्गकै भूमिकामा देखिनेछन्। फिल्मको छायाङ्कन भने जनवरीदेखि सुरु भारतीय समाचार माध्यमले उल्लेख गरेका छन्।
सुहानाले फिल्म ‘द आर्चिज’ बाट डेब्यू गर्दैछिन्। जोया अख्तर निर्देशित यो फिल्म छिट्टै नेटफ्लिक्समा प्रदर्शन हुनेछ।
Shares

प्रतिक्रिया