कला


रणवीर स्टारर फिल्म ‘एनिमल’ को ट्रेलर सार्वजनिक

रणवीर स्टारर फिल्म ‘एनिमल’ को ट्रेलर सार्वजनिक

नेपालखबर
मंसिर ७, २०८० बिहिबार १७:११, काठमाडौँ

रणवीर कपुरको स्टारर प्रतिक्षित बलिउड फिल्म ‘एनिमल’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले बुवा र छोराबीचको सम्बन्धको कथालाई समेटेको छ।

छोराको बुवाप्रतिको आशा र बाबुछोराको सम्बन्धमा आउने उताडतडावले ल्याउने सामाजिक प्रभावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। एक्सन र भावनात्मक दृश्यले ट्रेलरलाई रोचक बनाएको छ। 

फिल्ममा रणवीर छोरा र अनिल कपुर बुवाको भूमिकामा छन्।

यो फिल्म क्राइम ड्रामा जनरामा आधारित छ। फिल्ममा रणवीर र अनिलका साथै रश्मिका मन्दाना, बबी देओल, तृप्ति डिमरी लगायतको अभिनय छ। 

सन्दीप रेड्डी वांगाको लेखन र निर्देशन रहेको फिल्म १ डिसेम्बरबाट हिन्दीसहित पाँच भाषामा रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad