कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) निर्देशनमा डेब्यू गर्ने भएका छन्।
उनले आफ्नो लगानी र निर्देशनमा फिल्म ‘लाहुरे एण्ड दाउरे’ बनाउन लागेका हुन्। जुन फिल्ममा अहिलेका चलेका अभिनेता दयाहाङ राईको मुख्य भूमिका हुनेछ।
तक्मे प्रोडक्सन र दयाहाङबीच आइतबार लिखित सहमति समेत भइसकेको छ। यस फिल्ममा बुद्धि तामाङ पनि अनुबन्धित भइसकेका छन्। अभिनेत्रीको भने टुंगो लागेको छैन।
कमेडी तथा लभस्टोरी जनरामा बन्ने फिल्मको निर्मातामा सरिना लामा र डिबी राई रहेका छन्।
सरिना विल्सनकी श्रीमती हुन्। यो फिल्म आगामी वर्षको साउनरभदौंतिर छायाङ्कन सुरु हुने बताइएको छ। पूर्वी नेपालका विभिन्न जिल्लामा फिल्मको छायाङ्कन गरिनेछ।
यसअघि विल्सनले विभिन्न टेलिश्रिंखला र म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया