थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ।
बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना र निर्देशन रहेको यो नाटक माघ ११ देखि २८ गतेसम्म मञ्चन हुनेछ।
राबत, राजु स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका नाटकमा तामाङ जातिले सदिऔंदेखि भोगेको पीडा र संघर्षको कथालाई देखाइनेछ। नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धिले बताए।
उनका अनुसार तामाङको कारुणिक कथासँगै नाटकमा तामाङ जीवनको लय, सौर्न्दर्य, संस्कृति र परिवेशलाई चित्रण गरिनेछ। नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने समेत निर्माणटिमको विश्वास छ।
नाटकमा सुनिल तामाङ, रविन दोङ, रमिला मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ। हाल बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा नाटकको रिहर्सल चलिरहेको छ।
Shares

प्रतिक्रिया