कला


अभिनेता मल्लले खानपानबाटै घटाए २० किलो तौल

अभिनेता मल्लले खानपानबाटै घटाए २० किलो तौल

नेपालखबर
माघ २०, २०८० शनिबार २२:३, काठमाडौँ

नेपाली चलचित्रमा आफूले निर्वाह गर्ने भूमिकाप्रति कलाकार गम्भीर नरहेको चर्चा हुने गर्छ। सीमित बजेट र समयका कारण कलाकारले पात्रलाई आफूअनुकूल तयार गर्न नसकेको गुनासो गर्ने गरेका छन्। तर पछिल्लो समय अभिनेता सौगात मल्लले अभिनय गरेको ‘द अनब्रेकेबल स् अगस्त्य’ को श्रव्यदृश्य सार्वजनिक भएसँगै मेहनतको प्रशंसा भइरहेको छ।

अभिनेता मल्लले उक्त चलचित्रका लागि आफ्नो तौल २० किलोग्राम घटाएको जानकारी दिए।

‘पात्रबारे बुझेरै मैले यसको तयारी तीन–चार महिना अगाडिदेखि नै गरिरहेको थिएँ । खानपानबाटै मैले उक्त तौल घटाउन सफल भएँ’, अभिनेता मल्लले भने, ‘तौल घटेको दृश्य सकेर बढेको भागको छायाङ्कन गरेको हुँ। उक्त पात्रलाई सक्दो जीवन्त बनाउने प्रयास गरेको छु।’

उनले चलचित्रमा लगभग दुवै आवरणमा आफूलाई देख्न सकिने जानकारी दिए। चलचित्रका निर्देशक सौरभ चौधरी यसको निर्माण दुई भागमा गरिएको बताए।

‘हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरिएको छ। यसले मनोरञ्जनसँगै हाम्रो समाजमा घटिरहेको घटनालाई देखाइने छ’, निर्देशक चौधरीले भने। 

चलचित्रमा प्रमोद अग्रहरि, रवीन्द्र झा, मलिका महतलगायतका कलाकारले अभिनय गर्नुभएको छ । यो फागुन १८ मा नेपालमा प्रदर्शन हुँदै छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad