भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छिन्। बिहे गरेको ६ वर्षपछि दीपिका र अभिनेता रणवीर सिंह पहिलोपटक आमाबुवा बन्न लागेका हुन्।
दीपिकाले इन्स्टाग्रामार्फत आफ्नो गर्भावस्थावारे जानकारी दिएकी हुन्। जहाँ शिशुको लुगा चित्रण गरिएको एउटा ग्राफिक्स पोस्टर छ। जहाँ लेखिएको छस् सेप्टेम्बर २०२४। अर्थात दीपिकाले आगामी सेप्टेम्बरमा पहिलो सन्तानलाई जन्म दिनेछिन्।
गतसाता भएको बाफ्टा अवार्ड समारोहमा दीपिका गर्भवती भएको हल्ला चलेको थियो। किनकी उनी त्यहाँ पछ्यौराले पेट छोपेर पुगेकी थिइन्।
दीपिका र रणवीरले सन् २०१८ मा बिहे गरेका थिए।
42
Shares
प्रतिक्रिया