ad ad

कला


‘अगस्त्य’ले पायो पीजी सर्टिफिकेट, यसको अर्थ के हो?

‘अगस्त्य’ले पायो पीजी सर्टिफिकेट, यसको अर्थ के हो?

नेपालखबर
फागुन १७, २०८० बिहिबार १२:३९, काठमाडौँ

शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘अगस्त्य च्याप्टर १’ ले ‘प्यारेन्टल गाइडेन्स’ (पीजी) सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच समितिले यस फिल्मलाई बुधबार पीजी सर्टिफिकेट दिएको हो। 

यो सर्टिफिकेट पाएपछि १६ वर्षभन्दा कम उमेरका बालबालिले फिल्म हेर्न जाँदा अनिवार्य रुपमा अभिभावक लैजानुपर्ने हुन्छ।

फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको सौरभ चौधरी निर्देशित यस फिल्मले देशभरका हलमा उच्च शो पाएको छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरि नै ४४ शो दिएको छ।

यस्तै काठमाडौँको वान सिनेमाजले दुई चेन गरेर ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शो, बीएसआरले ४ शो, आईएनआई चेनले सबै हलमा गरेर १२ शो दिइएको छ।

उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन्। शोको अनुपात हेर्दा देशभरका १ सय ११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई २ सय ५९ शो उपल्बध गराएका छन्। 

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .