बलिउड सुपरस्टार अमिताभ बच्चनको एन्जियोप्लास्टी गरिएको छ।
८१ वर्षीय अमिताभलाई शुक्रबार बिहान ६ बजे मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार अमिताभलाई बिहानै ठूलो सुरक्षाबीच अस्पताल लगिएको थियो।
यसैबीच अमिताभले एउटा ट्विट गरेका छन्, जसमा उनले लेखेका छन्– ‘तपाईंप्रति सधैँ आभारी छु। उनको ट्विटबाट उनले शल्यक्रियापछि शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेको अनुमान गरिएको दैनिक भास्करले जनाएको छ।
ठग्स अफ हिन्दोस्तानको सेटमा घाइते भएका थिए अमिताभ
सन् २०१८ को फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ सुटिङका क्रममा एउटा एक्सन सिन गर्दा उनको काँधमा चोट लागेको थियो। यद्यपि चोट गम्भीर थिएन। उनलाई बडी डबल प्रयोग गर्न सल्लाह दिइएको थियो। तर उनले दृश्य आफैँ गर्ने निर्णय गरे।
केबीसी १४ को सुटिङका क्रममा काटियो खुट्टाको नसा
दुईपटक कोरोना संक्रमण
अमिताभले २०२० मा ट्विट गरेर आफू कोरोबाट संक्रमित भएको जानकारी दिएका थिए। उनका छोरा अभिषेक पनि संक्रमित भएका थिए। अमिताभ दुई महिनासम्म अस्पतालमा भर्ना भएका थिए। यसपछि २०२२ मा पनि उनी कोरोनाबाट संक्रमित भए।
Shares

प्रतिक्रिया