कला


क्यूएफएक्स सिनेमाजको ब्रान्ड दरबार मार्ग र सामाखुसीमा पनि विस्तार

क्यूएफएक्स सिनेमाजको ब्रान्ड दरबार मार्ग र सामाखुसीमा पनि विस्तार

नेपालखबर
चैत २३, २०८० शुक्रबार १०:४९, काठमाडौँ

क्यूएफएक्स सिनेमाजले काठमाडौँ उपत्यकामा आफ्ना दुई ब्रान्डलाई विस्तार गरेको छ। क्यूएफएक्स सिनेमाजे दरबार मार्ग र सामाखुसीमा आफ्ना शाखा विस्तार गरेको हो।

सिने मार्क मुभिज प्रालिको लगानी रहेको र हाल क्यूएस सिनेमाको नामले चर्चित दरबारमार्गको हल अब क्यूएफएक्स सिरिङ मलको नामले सञ्चालने हुनेछ। 

साथै सामाखुसीको सीटी स्क्वायर मलस्थित निर्माणाधिन हलमा पनि एलिमेन्ट्स मुभिज प्रालिको लगानी रहने क्यूएफएक्स सिनेमाजले जनाएको छ।

केही दिनमा हल खुलेपछि क्यूएफएक्स सीटी स्क्वायरको नामले सञ्चालन हुने क्यूएफएक्स सिनेमाजले जनाएको छ। 

यी दुवै हलमा क्यूएफएक्स सिनेमाजको व्यवस्थापन रहनेछ । क्यूएफएक्स सिनेमाजले अब दर्शकले यी दुई नयाँ सुविधा सम्पन्न हलमा आफ्नो रोजाईको चलचित्र हेर्न सक्ने जनाएको छ।

क्यूएफएक्स सिनेमाजयो नयाँ दुई र तीन स्क्रीन मल्टिप्लेक्सको संचालनसँगै नेपाल भरि आफना स्क्रिन संख्या ३६ पुगेको जनाएको छ । क्यूएफएक्स सिनेमाजका नयाँ केन्द्रमा मोवाइल एपबाट अललाइन टिकटिङ र खाने कुराको सुविधासमेत उपलब्ध हुनेछ। 

क्यूएफएक्स सिनेमाजको मुभी टिकेट खल्ती एपबाट पनि किन्न सकिने छ। साथै नयाँ नेपाली, अंग्रेजी तथा हिन्दी सिनेमाहरुको अनुभवसमेत लिन सकिने क्यूएफएक्स सिनेमाजले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .