सुरेन्द्र दियालीले ‘सम्हालेर राखेको छु’ बोलको गीत ल्याएका छन्। ओएसआर डिजिटलबाट गीतको भिडिओ सार्वजनिक गरिएको हो।
सुरेन्द्र दियालीको शब्द रहेको गीतमा गायक स्वरुपराज आचार्यको स्वर सुन्न सकिन्छ। नवीन कार्कीको कम्पोज रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्।
गीतका शब्द अत्यन्तै हृदयस्पर्शी भएकै कारण गाउन चाहेको आचार्यले बताएँ। ‘गीत प्रेमिल छ। विगतको पल सम्झिएर बाँच्नेहरु पनि धेरै छन्,’उनले भने।
व्यापार, अभिनय र साामाजिक काममा सक्रिय गीतकार सुरेन्द्रले गायक आचार्यको कुरामा सहमती राख्दै भने, ‘आफ्नै परिवेशको कथालाई गीतका शब्दमा उनले कोसिस गरेको हो। अब दर्शकको भयो।’
अभिनेत्री तथा मोडल गरिमा शर्मा र गीतकार सुरेन्द्र स्वयंले गीतको भिडिओमा अभिनय गरेका छन्। प्रेम हुँदा पनि परिवारका कारण विछोड भएको प्रसंगलाई भिडिओमा प्रस्तुत गरिएको छ।
उत्तम हुमागाइँको छायांकन गरेको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन्।
Shares
प्रतिक्रिया