कला


अमेरिकाको न्युयोर्कमा हुँदै ‘एफएफएल अवार्ड २०८३’

अमेरिकाको न्युयोर्कमा हुँदै ‘एफएफएल अवार्ड २०८३’

नेपालखबर
असार ४, २०८३ बिहिबार १८:६, काठमाडौँ

‘एफएफएल अवार्ड २०८३’  अमेरिकाको न्युयोर्कमा हुने भएको छ। अवार्डको तयारीका लागि आयोजक प्रमुख दिनेश लिङ्देन अमेरिका पुगेका छन्। न्युयोर्कको किरात चोकमा पत्रकार सम्मेलन गर्दै यो वर्षको अगष्टमा हुने जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा एफएलएफ अवार्ड २०२६ का प्रमुख सल्लाहकार तथा नेपाल सरकार पूर्व सद्भावना पर्यटन दूत, न्युयोर्क एवम् हामी नेपाली ग्लोबलका प्रवक्ता केशवराम राई, मुख्य सहयोगी संस्था नेपाल अमेरिका कलाकार संघको अध्यक्ष वसन्ती राई, फिल्म निर्देशक किशोर सुब्बा, विश्व कीर्तिमान कायम राख्न सफल पार्कर दिनेश सुनारको उपस्थिति थियो।

उनीहरूले एफएलएफ अवार्डलाई भव्य एवम् सभ्यताका साथ सम्पन्न गर्न गराउनलाई व्यक्तिगत र संस्थागत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad