अभिनेता जितु नेपाल (मुन्द्रे) को लगानी रहेको ‘आई एम जितबहादुर’ शुक्रबारदेखि हलमा रिलिज हुँदै छ। प्रदर्शनअघि बुधबार काठमाडौँमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो।
त्यस्तै, निर्माता नविन श्रेष्ठ,निर्देशक कपिल रिजाल,कलाकार सीतादेवी तिमल्सिना,निर्माता सुमन गिरी,गायक हेमन्त शर्मा, शिव परियार, लोकगायक रामप्रसाद खनाल, अभिनेता जयकिशन बस्नेत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, ‘कमेडी च्याम्पियन’का प्रभात लामा, भारती घिमिरे, चलचित्रका कलाकार तथा प्राविधिक टोली र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ। गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा सुरु गर्ने उसको सपना, त्यसलाई साकार पार्न उसले भोग्नुपरेका संघर्ष, चुनौती र जीवनका उतारचढावलाई चलचित्रले मार्मिक ढंगले चित्रण गरेको छ।
सुभेन्दु घोष निर्देशित चलचित्रका निर्माता जितु नेपाल हुन्। सह-निर्मातामा राजन सिम्खडा र दिपेन्द्र अधिकारी रहेका छन् भने निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ भने वितरणको जिम्मेवारी आरआर फिल्म्सले सम्हालेको छ।
Shares

प्रतिक्रिया