गजलकार तथा साहित्यकार प्रकट पंगेनी ‘शिव’को निधनपछि उनका केही गजल यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
गजलकार पंगेनीको ७० वर्षको उमेरमा मंगलबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो।
उनको निधनमा दुःख व्यक्त गर्नेहरूले सामाजिक सञ्जालमा उनका गजल सेयर गरिरहेका छन्। तीमध्ये ‘साँझमा दियो बालिराख्यौ, को आउँदै छ आज?’ गजल पनि एक हो।
उक्त गजलको भिडिओ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि सेयर गरेका छन्।
उक्त गजलका साथ श्रद्धाञ्जली व्यक्त गरेका शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छाडेर जानुभएको कैयौँ गजलले तपाईंको सम्झना दिलाइरहने छन्, हामी सम्झिरहनेछौँ। तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा!’
तल हेर्नुहोस विश्वप्रकाश शर्माले सेयर गरेको प्रकट पंगेनीले गजल वाचन गर्दै गरेको यो भिडिओ क्लिप्स
आदरणीय प्रकट पगेनी `शिव´ दाइ तपाईंको गजलका यि पंक्तिहरु सुन्दै भावपुर्ण श्रद्धाञ्जली !
छाडेर जानुभएको कयौं गजलले तपाईंको सम्झना दिलाइरहने छन्, हामी सम्झिरहनेछौं l तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा ! pic.twitter.com/q2nXK4oiyX— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 16, 2024
Shares

प्रतिक्रिया