कला


नेटफ्लिक्समा रिलिज भएको ‘लापता लेडिज’ चर्चामा, बलिउड कलाकारले गरे प्रशंसा

नेटफ्लिक्समा रिलिज भएको ‘लापता लेडिज’ चर्चामा, बलिउड कलाकारले गरे प्रशंसा

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १५:०, काठमाडौँ

किरण राव निर्देशित बलिउड फिल्म ‘लापता लेडिज’ गत मार्चमा रिलिज भएको थियो। हलमा रिलिज भएसँगै यस फिल्मले राम्रो व्यापार गरेको थियो।

हलको प्रदर्शनपछि हालै यस फिल्मलाई ओटीटीमा प्लेटफर्म नेटफ्लिक्समा स्ट्रिमिङ गरिएको छ। जहाँ फिल्मले निकै तारिफ पाइरहेको छ। दर्शकसहित बलिउड चलचित्रकर्मीहरुले यस फिल्मको खुलेर प्रशंसा गरिरहेका छन्।

अभिनेता सनी देओलले पनि यो फिल्म हेरेर इन्स्टाग्राममार्फत प्रतिक्रिया दिएका छन्। ‘भर्खरै लापता लेडीज हेरेँ, धेरै दिनपछि यस्तो राम्रो फिल्म हेरेँ। किरण राव र उनको सम्पूर्ण टिमलाई मेरो शुभकामना छ। यो फिल्मले तपाईलाई हँसाउनेछ, रुवाउने छ र तपाईको मन पनि छुनेछ, यो हेर्नुस्।’ उनले लेखेका छन्।

त्यसैगरि, अभिनेता सलमान खानले पनि यस फिल्मलाई सानदार भन्दै निर्देशक किरणको तारिफ गरेका छन्।

यो फिल्म नेटफ्लिक्सको शीर्ष १० हेरिने सूचीमा परेको छ। यति मात्र होइन, नेटफ्लिक्समा ‘लापता लेडीज’ ट्रेन्डिङ नम्बर एकमा छ।

कमेडी जनरामा बनेको यस फिल्मले दुई बेहुली साटिएको कथा प्रस्तुत गरिएको छ। यस फिल्ममा रवि किशन, नितांशी गोयल, प्रतिभा रन्त र स्पर्श श्रीवास्तव मुख्य भूमिकामा छन्।

निर्देश किरण अभिनेता आमिर खानकी पूर्वपत्नी हुन्। यो फिल्म आमिर खान र ज्योति देशपाण्डेले संयुक्त रूपमा निर्माण गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .