कला


रामबाबु सुवेदीको शब्दमा ‘हुक्काभित्र ट्वार्र! ट्वार्र!’ बोलको बालगीत सार्वजनिक

रामबाबु सुवेदीको शब्दमा ‘हुक्काभित्र ट्वार्र! ट्वार्र!’ बोलको बालगीत सार्वजनिक

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १६:४३, काठमाडौँ

जनचेतनामूलक बालगीत ‘हुक्काभित्र ट्वार्र! ट्वार्र!’ सार्वजनिक भएको छ। रामबाबु सुवेदी युट्युव अकाउन्टमार्फत सार्वजनिक गीतमा तमाखु, चुरोट, खैनी, लगायतका लागूपदार्थ स्वास्थ्यका लागि निकै हानिकारक रहेको सन्देश दिन खोजिएको छ।

चर्चित बाल साहित्यकार रामबाबु सुवेदीका शब्द रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन्। गीतमा बाल कलाकारहरु पूजा देवकोटा, दर्शिल पन्त, टेरेशा विश्वकर्मा, प्रसन्न तामाङको स्वर सुन्न सकिन्छ। ‘हामी साना नानी बाबु छैनौँ अम्बली, हामी स्वस्थ नेपालका स्वस्थ नेपाली’ गीतमार्फत बालबालिकाले ठूलालाई प्रश्न समेत गर्छन्।

शुक्रबार गीतको भिडिओ बाल नमुना माविमा एक कार्यक्रमबीच बालबालिका र ख्यातिप्राप्त ब्यक्तिकाबीच रिलिज गरिएको हो। जहाँ पूर्वसांसद माया ज्ञवाली, ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्मचार्य, संगीतकार एवं गायक रामेश श्रेष्ठ, बालसाहित्यकार अनन्त वाग्ले लगायत बालसाहित्यकारको उपस्थिति थियो।

गीतमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोग, नेपाल प्रज्ञाप्रतिष्ठान र काठमाडौँ महानगरपालिकाको साथ रहेको छ। आचार्य गोपाल निर्देशित गीतको भिडिओमा बाल नमूना माध्यमिक विद्यालयका बालबालिकाहरुको नृत्य र अनिनय छ।

साथै भिडिओमा चर्चित कलाकार रामचन्द्र अधिकारीको पनि अभिनय छ।

कार्यक्रममा बोल्दै गीतकार र निर्माता रामबाबु सुबेदीले हाम्रा बालबालिकाले कुनै अम्मल प्रयोग नगरुन् भनेर यो गीत रचना गरिएको बताए।

त्यस्तै, लतितकला प्रज्ञा प्रतिष्ठानका अध्यक्ष के.के. कर्मचार्यले बालबालिकाले यस्ता गीतबाट शिक्षा लिनुपर्ने र अभिभावक पनि सचेत हुने सुनाए। यस्तै, पूर्वसांसद माया ज्ञवालीले नयाँ पुस्ता धूम्रपानरहित हुनुपर्नेमा धारणा राखिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad