कला


मनोज गजुरेलको प्रस्तुति ‘एकासीको गाईजात्रा’ सुरु, भदौ ७ सम्म चल्ने

मनोज गजुरेलको प्रस्तुति ‘एकासीको गाईजात्रा’ सुरु, भदौ ७ सम्म चल्ने

नेपालखबर
भदौ ३, २०८१ सोमबार १३:१, काठमाडौँ

हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति ‘एकासीको गाईजात्रा’ नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ।

गजुरेलले यस वर्षको पहिलो गाईजात्रा प्रस्तुति आइतबार दिएका थिए। रिमा विश्वकर्मा सञ्चालक रहेको कार्यक्रममा युमी गौतमले ‘नेपाली हो नि, गर्छ’ शीर्षकमा व्यङ्ग्यात्मक कविता सुनाइन्।

त्यसपछि मञ्चमा हास्यकलाकार मनोज गजरेल देखिए। यसपटक गजुरेल एक सर्वसाधारणको हुलियामा देखिए र सदाझैँ राजनीतिक व्यंग्यमै केन्द्रित भए।

उनले जनताका दु:ख र पीडालाई प्रस्तुतिमा समेटेका थिए। बालकुमारी घटनादेखि सहकारी र मिटर ब्याज पीडितको विषय गजुरेलका प्रस्तुतिका अंग बने।

त्यसैगरी, कलाकार मेक्सन गौडेल र सुबोध गौतमले घरबेटी बा र भाडामा बस्ने पात्र बनेर दर्शकलाई मनोरञ्जन दिए।

शैलेन्द्र सिंखडाले पनि देशका राजनीतिक र समसामयिक विषयवस्तुमा आधारित रहेर यसपटकको गाईजात्रामा प्रस्तुत भए। कलाकार सीता न्यौपानेले पनि आफ्नो बोल्ड प्रस्तुतिमार्फत दर्शकहरूलाई हँसाइन्।

यमन श्रेष्ठले गाईजात्रामा सांगीतिक प्रस्तुतिमार्फत कमेडी पस्किए। सजन श्रेष्ठ र प्रभात लामाले ट्याक्सी ड्राइभरदेखि विमानस्थलबाट हुने सुन तस्करको विषयवस्तुलाई उठान गरेका थिए।

नयाँसहित पुराना कलाकारहरूको गाईजात्रा प्रस्तुतिले हलको माहोल तातेको थियो। चेयरमा मेयर कार्यक्रममा बालेन शाहलाई व्यंग्य गरिएको छ। उक्त प्रस्तुतिमा बालेनको डोजर आक्रमणदेखि गरीबमाथि गरिएको ज्यादती प्रस्तुत गरिएको थियो।

अन्त्यमा, गजुरेल पुन: मञ्चमा देखिए, स्वर्गीय राजा वीरेन्द्रको पुनर्जन्म लिएर। प्रस्तुतिमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको उनको कुराकानी गज्जबको थियो।

हरेक साँझ ५ बजेबाट सुरु हुने एकासीको गाईजात्रा प्रस्तुति भदौ ७ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad