दीपक रौनियार निर्देशित फिल्म ‘राजागंजस् पूजा, सर’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरूलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरिएको छ।
सोसल ड्रामा तथा एक्सन फिल्मको टिजरमा आशा मगराती मुख्य भूमिकामा छिन्। टिजरमा आशासहित पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायत कलाकार फिचर्ड छन्।
यस फिल्ममा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय छ।
निर्देशक रौनियारको ‘हाइवे’ र ‘ह्वाइट सन्’ पछि यो तेस्रो निर्देशकिय फिचर फिल्म हो। भेनिसमा विश्व प्रिमियर तयारीमा रहेको फिल्मको प्रिमियरअघि नै विभिन्न देशमा फिल्मको वितरण अधिकार पनि बिक्री भइसकेको छ।
फ्रान्स प्रदर्शनका लागि एआरपी सेलेक्सन कम्पनीले सिनेमाको राइट किनेको छ। एआरपी सेलेक्सनले यसअघि विश्वचर्चित अस्कर मनोनित सिनेमा ‘पास्ट लाइभ्स’ र ‘ट्रेन टु बुसान’ लगायतका सिनेमा वितरण गरेको छ। फिल्मको स्वीट्जरल्याण्ड, जर्मनी र अष्ट्रियाको लागि ट्रिगोन प्रदर्शन अधिकार किनेको छ ।
विभिन्न अर्न्तराष्ट्रिय महोत्सव र हल रिलिज अघि नै सिनेमाको विभिन्न देशको राइट बिक्री भएपछि निर्देशक रौनियारले खुसी व्यक्त गरे।
‘राजागंज: पूजा, सर’ २९ अगस्ट अर्थात् आगामी बिहीबार भेनिसमा विश्व प्रिमियर हुँदैछ। भेनिस प्रिमियरका लागि निर्देशक रौनियार, अभिनेत्री मगराती सहितका केही दिनमा कलाकार इटाली जाँदैछन् ।
यस फिल्मले नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट पनि आर्थिक सहयोग प्राप्त गरेको छ। यो सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्।
Shares

प्रतिक्रिया