कला


अभिनेत्री सञ्चिता लुइँटेलसहित सात महिला सम्मानित

अभिनेत्री सञ्चिता लुइँटेलसहित सात महिला सम्मानित

नेपालखबर
फागुन २६, २०७६ सोमबार १५:११,

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्‍याउने सात जना महिलालाई सम्मान गरिएको छ।

मर्निङ ग्लोरी इन्टरटेनमेन्टद्वारा काठमाडौंमा सोमबार आयोजित प्रि–स्कुल टिचर्स फेसन शो कार्यक्रममा समाजसेवी राज्य लक्ष्मी शाक्य, इन्दिरा राना मगर, गायिका देविका बन्दना, इन्जिनियर सिर्जु दाहाल, अभिनेत्री सञ्चिता लुइँटेल र सञ्चारकर्मी नीता सापकोटालाई सम्मान गरिएको हो। 

कार्यक्रममा मर्निङ ग्लोरी इन्टरनेसनलकी प्रवन्ध निर्देशक मोहना मोथे खनालकी आमा सुकुमारी मोथेलाई पनि सम्मान गरिएको थियो।

अग्रज महिलाहरुलाई सम्मान गर्दै पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राज्यका विभिन्न निकायमा रहेका महिलाहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरी महिलाहरु सक्षम छन् भन्ने प्रमाणित गर्दै आएको बताए। श्रेष्ठले सम्मानित महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरेका थिए।

मर्निङ ग्लोरी इन्टरटेनमेन्टकी प्रवन्ध निर्देशक मोहना मोथे खनालका अनुसार आइएमइ पे र डिजिटल नेपालसँगको सहकार्यमा आयोजित कार्यक्रम विभिन्न १२ वटा प्रि–स्कूलका शिक्षिकाहरुले सहभागिता जनाएका छन्।

फेशन शोमा सहभागी शिक्षिकाहरुले मौलिक पहिरन, सारी तथा ककटेल ड्रेसमा सजिएर र्‍याम्प वाकमा सहभागिता जनाएका थिए।

कार्यक्रममा हेल्थ पार्टनरको रुपमा रहेको ब्लु क्रस हस्पिटलले सम्मानित महिलाहरुलाई निस्शुल्क हेल्थ चेकअप गरिदिने घोषणा समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad