गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ।
उपचारमा संलग्न चिकित्सक मिर्गाैला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई इन्फेक्सन हुने भएकाले अस्पतालको बसाइ लम्ब्याइएको हो।
डा. शाहले इन्फेक्सनबाट बचाउन प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखिएको जनाइन्।यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।
यद्यपि प्रधानमन्त्री ओलीको डिस्चार्ज मिति तय नभएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

प्रतिक्रिया