कला


प्रदीप अभिनीत ‘एक्टर’को प्रदर्शन मिति सर्दा विजय बराललाई फाइदा

प्रदीप अभिनीत ‘एक्टर’को प्रदर्शन मिति सर्दा विजय बराललाई फाइदा

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १२:३६, काठमाडौँ

प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’ को प्रदर्शन मिति हेरफेर भएको छ।

कात्तिक १५ देखि प्रदर्शनमा आउने भनिएको फिल्मको मिति सारिएको हो। अब यो फिल्म आगामी माघ १६ गतेबाट रिलिज हुनेछ। 

पूर्वनिर्धारित मितिमा रिलिज गर्ने योजना भए पनि मानवीय र प्राविधिक समस्याका कारण मिति सारिएको निर्माण टोलीले जनाएको छ।

यसअघि कात्तिक १५ बाट पल शाह अभिनीत फिल्म ‘मायावी’ पनि हटेको थियो। सो मितिबाट दुवै फिल्म पछि हट्दा ‘पूर्णबहादुरको सारंगी’ लाई फाइदा पुग्ने देखिन्छ। यस फिल्मम विजय बराल मुख्य भूमिकामा देखिएका छन्।

‘एक्टर’ मा प्रदीपसहित आना शर्मा र नव अभिनेती दिव्या रायमाझीको मुख्य भूमिका छ।

साथै राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायतको अभिनय छ। अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गरेका हुन्।

राजन भुसालको निर्देशन रहेको फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन्। फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन्। अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad