कला


प्रचार यात्रामा ‘पूर्णबहादुरको सारंगी’ टिम, विराटनगरमा सांगीतिक महोत्सव

प्रचार यात्रामा ‘पूर्णबहादुरको सारंगी’ टिम, विराटनगरमा सांगीतिक महोत्सव

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार ११:५९, काठमाडौँ

फिल्म ‘पूर्णबहादुरको सारंगी’ टिम यतिखेर प्रचारप्रसारको लागि देश दौडाहमा निस्किएको छ। यस फिल्मको साङ्गीतिक कार्यक्रम इटहरीबाट सुरु भई धरान, दमक, र विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। 

विराटनगरको महेन्द्र चोकको कार्यक्रमअघि कलाकार टोली सीटी सिनेमाजमा प्रमोशनल भिजिटका लागि गएको थियो।

सिनेमाको प्रचार कार्यक्रममा प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल, अन्जना बराइली, गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक बिराज गन्दर्भको उपस्थिति थियो। 

गायक प्रशान्तले फिल्मका गीतहरू प्रस्तुत गर्दा बिराज गन्धर्वले सारंगीको सुरमा र्याप प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन गराएका थिए। 

मन्डला नाटकघरको जुनकिरी ट्रक सहितको प्राविधिक टोलि देशभर सिनेमा प्रचारप्रसारमा निस्किएको छ। 

कार्यक्रम व्यवस्थापनमा आकाश रावलको ‘हुस क्रीयशन टिम’, इटहरीमा सुवास संकल्प श्रेष्ठ र सरोज श्रेष्ठ, धरानमा सुमित कार्की, र विराटनगरमा विकल श्रेष्ठले सहयोगी भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको सञ्चालन मिमिक्री आर्टिस्ट दिनेश काफ्लेले गरेका थिए।

सेभेन सिज सिनेमा र बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्। फिल्मको सरोज पौडेलको लेखन तथा निर्देशन रहेको छ। 

विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्मले गन्दर्भ समुदायको सांस्कृतिक संघर्ष, परम्परा संरक्षण, र सारंगी संस्कृतिको प्रवर्धनको कथा बोकेको छ। यो फिल्म लक्ष्मीपूजाको अवसरमा कात्तिक १५ गतेबाट रिलिज हुँदैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad