सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा बन्ने फिल्म ‘रंगी’ छायांकन सुरु भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको मङ्गलबारबाट सुटिङ सुरु भएको हो।
यस फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ। फिल्मको सुटिङ अवधि ३० दिनको रहने निर्माण टिमले जनाएको छ।
निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ। पोस्टर हेर्दा फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ।
सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको फिल्मलाई खिँचिरहेका छन्।
30
Shares

प्रतिक्रिया