कला


इनास मेरिल्यान्डको आयोजनामा बाल्टिमोरमा ‘किड्स ट्यालेन्ट शो’ सम्पन्न

इनास मेरिल्यान्डको आयोजनामा बाल्टिमोरमा ‘किड्स ट्यालेन्ट शो’ सम्पन्न

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १५:२३, बाल्टिमोर

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिकाको मेरिल्यान्ड शाखा संस्कृति संरक्षणमा सक्रिय छ। संस्था यतिबेला गायन, नृत्य र व्यायाममार्फत नेपाली संस्कृति बचाउन कस्सिएको छ।

इनास मेरिल्यान्डको वार्षिकोत्सव तथा बालप्रतिभा प्रस्फुटन कार्यक्रम यसैसाता सम्पन्न भयो। १७ वर्षमुनिका नानीबाबुलाई अतिथि बनाएर गरिएको यस्तो शैलीको कार्यक्रम अमेरिकी डायस्पोरामा पहिलो हो।

मोरिल्यान्डको बाल्टिमोरमा आयोजित ‘किड्स ट्यालेन्ट शो’मा २६ बालबालिकाले भाग लिएका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको संस्थाका अध्यक्ष लक्ष्मण पौडेल र संयोजक शान्ति भण्डारीले बताए।

प्रतियोगितामा असुना छन्त्याल पहिलो, कृपा ढकाल दोस्रो र सिर्जिता तामाङ तेस्रो भए। कार्यक्रममा नेपाली फिल्म क्षेत्रका प्रसिद्ध कलाकारको पनि सहभागिता थियो।  अभिनेतृ सारंगा श्रेष्ठ, अरूणिमा लम्साल, उषा पौडेल, गायिका सरिश्मा अमात्य, संगीतकर्मी कमल सौराग लगायत सहभागी थिए।

निर्णायकमा फिल्म निर्देशक तथा इनास अमेरिकाका महासचिव एवं प्रवक्ता गोपालचन्द्र लामिछाने र ओकिली ब्यान्डका गायक सृजन ताम्राकार थिए। प्रमुख अतिथिमा इनास अमेरिल्यान्डका सल्लाहकार, समाजसेवी तथा प्रमुख प्रायोजक अमर छन्त्याल थिए।

सो अवसरमा वार्षिक सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो। सांस्कृतिक कार्यक्रममा मेरिल्यान्ड राज्यका सांसद ह्यारी भण्डारी पनि थिए। कार्यक्रममा गायकगायिकाले गीत र नृत्य प्रस्तुत गरेका थिए।

कमल सौराग, प्रवेश पौडेल, श्याम गुरुङ, कन्हैयासिंह परियार, अञ्जना गुरुङ, आभा मुकारुङ, याम क्षेत्री, शान्ति भण्डारी, कल्पना देवकोटा, लक्ष्मण पौडेल, राजु ढुंगेल, उदय भट्टराई, राजेश खड्गी, अमृत रामदाम, स्वरुपा रसाइली, खिम मस्रांगी, सुजन रामदाम, माधवी भण्डारी, रवि पौडेल, रमेश परियार, रमेश सुनुवार, विराज रामदाम लगायतले प्रस्तुति दिएका थिए।

कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसी, इनास पेन्सिलभेनियाका विकास घलेको पनि उपस्थिति थियो।

संस्थाले पुरस्कृत र सहभागी बालबालिका र दातालाई समेटेर धन्यवाद कार्यक्रम समेत आयोजना गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad