कला


मेनुका पौडेलको स्वरमा ‘तेजस्वी अप्सरा’ सार्वजनिक

मेनुका पौडेलको स्वरमा ‘तेजस्वी अप्सरा’ सार्वजनिक

नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार २०:६, काठमाडौँ

गायिका मेनुका पौडेलको स्वरमा रहेको गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक भएको छ। मनोज खड्काको शब्द, कल्याण सिंहको संगीत भरेका छ्न्।

गीतकार खड्काले दिवंगत आमा अप्सराको वार्षिकीको छेको पारेर आमाकै सम्झनामा गीत तयार पारेका हुन्। गीतको भिडिओ लिरिकल शैलीमा तयार पारिएको छ।

गीतमा गायिका मेनुका, गीतकार मनोज, संगीतकार कल्याण समेटिएका छन्। भिडिओमा गीत रेकर्ड गर्दाको क्लिपहरु राखिएका छन्।

दिक्षित पौडेलको एरेन्ज तथा लुमन स्थापितको रेकर्डिङ छ।

गीतको भिडियो डिजाइन र सम्पादन संजीतकुमार घिसिङले गरेका हुन्।

नेपाल सांगीतिक संघ र गीतकार संघ नेपालले बिहीबार आयोजना गरेको कार्यक्रममा गीतकार तथा साहित्यकार कालीप्रसाद रिजालले गीत सार्वजनिक गरेका थिए।

कार्यक्रममा वरिष्ठ गीतकार रिजालले खड्काको गीति लेखनको प्रशंसा गर्दै थप सिर्जनाको अपेक्षा गरेको बताए। वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले ‘तेजस्वी अप्सरा’ शब्द, संगीत र स्वरको संगमले सिंगारिएको गीत रहेको बताए।

वरिष्ठ गीतकार एसपी कोइरालाले यो गीतले साहित्य, समाज र संस्कृतिलाई जोडेको उल्लेख गरे। भारतमा रहेकी गायिका मेनुकाले अडियो सन्देश पठाउँदै एउटा राम्रो शब्दमा स्वर दिन पाएकोमा खुशी व्यक्त गरिन्।

गीतका गीतकार खड्काले आत्मीय व्यक्ति गुमाउँदाको पीडाको भावलाई समेटेर ‘तेजस्वी अप्सरा’ लेखिएको बताए।

‘यो गीत मेरा लागि शब्द र मेलोडी मात्र भन्दा पनि पिस अफ हार्ट हो। आमा गुमाउदाको पीडालाई गीतमा उतार्न प्रयास गरेको छु। आफ्ना आत्मीयजन् गुमाएका श्रोता दर्शकले यो गीतको थप गहिराई महशूस गर्न सक्नुहुन्छ’, उनले भने।

उनले आफूले गीत लेख्दा पीडा र ऊर्जालाई सन्तुलनमा राख्ने कोसिस गरेको बताए।

गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएडको मुख्यालय वासिङ्टन डीसीमा कार्यरत छन्।

दर्जन हाराहारीमा गीत रेकर्ड गराईसकेका गीतकार खड्काको रामकृष्ण ढकालको स्वरमा रहेको ‘गाउँघरले सोध्यो परदेशीलाई’, र प्रमोद खरेल तथा डा।त्रिशला गुरुंगको युगल स्वरमा रहेको ‘तिमी जे बन उदाहरण बन’ चर्चामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad