कला


नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण जुन १९ देखि

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण जुन १९ देखि

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ को तस्बिर


नेपालखबर
मंसिर २, २०८१ आइतबार १३:१९, काठमाडौँ

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण सन् २०२५ जुन १९  देखि २२ सम्म हुने भएको छ।

अमेरिकाको मेरिल्यान्ड राज्य तथा वासिङटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने आठौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ।

अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि हरेक वर्ष यो महोत्सव आयोजना गर्ने गरेको छ।

चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका चलचित्र प्रदर्शन गरिनेछन्। नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमा यस महोत्सवका उच्च प्राथमिकतामा पर्नेछन्। 

अमेरिकाका वासिङटन डिसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’अन्तर्गत चलचित्र प्रदर्शन हुनेछन्। स्थापनाकालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुने गरेका चलचित्र आगामी २०२५ को संस्करण  पनि समावेश हुने जनाइएको छ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मी सम्मिलित समितिले आवेदन परेकामध्येबाट चलचित्र प्रदर्शनका लागि छनोट गर्नेछ। प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्ड दिइनेछ।

महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालासमेत हुनेछन्। हरेक चलचित्र प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad