हलमा प्रदर्शनरत फिल्म ‘पूर्णबहादुरको सारंगी’मा समावेश गीत ‘रैयाँ चाँदीको’ करोड क्लबमा प्रवेश गरेको छ। यस गीतलाई युट्युबमा करोड भ्युज मिलेको हो।
सार्वजनिक भएको एक महिनामा यस गीतलाई करोड पटक हेरिएको हो। आशिष अविरल र मेलिना राईको स्वर रहेको गीत सार्वजनिक भएदेखि नै चर्चामा आएको थियो। लोकभाकामा आधारित गीत टिकटक र रिल्समा यो गीत भाइरल छ।
दोहोरी शैलीको यस गीतको शब्द नवराज पन्तले लेखेका हुन्। साथै गीतमा गायक अविरलकै संगीत रहेको छ।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली, मुकुन भुषाल, बृद्धि तामाङ लगायतको अभिनय छ।
यस फिल्मले बक्सअफिसमा ४० करोडको व्यापार गरिसकेको छ। सरोज पौडेल निर्देशित फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। निर्देशक पौडेलकै कथा रहेको फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।
Shares

प्रतिक्रिया