फिल्म ‘माइतीघर’ बन्ने भएको छ। ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले फिल्म निर्माणको घोषणा गरेका हुन्।
सामाजिक कथावस्तुमा यस फिल्मलाई मिलन तामाङले निर्देशन गर्नेछन्। साथै फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ। यो फिल्म आगामी वर्षको दसैंमा रिलिज हुनेछन्।
फिल्मको छायांकन केही महिनामा सुरु हुँदैछ। यतिखेर फिल्मको स्क्रिप्टको काम पनि अन्तिम चरणमा पुगेको र कलाकार छनोट प्रक्रिया अगाडि बढेको निर्माणटिमले जनाएको छ। फिल्मको लेखक रामशरण पाठक हुन्।
५८ वर्षअघि यसै नामबाट फिल्म ‘माइतीघर’ माइतीघर बनेको थियो। जुन निजी क्षेत्रको लगानीबाट बनेको पहिलो फिल्म समेत हो। त्यहीँ नामबाट सापटी लिएर रोहितले यो फिल्म बनाउन लागेका हुन्।
हरेक १०/१० वर्षको अन्तरमा कुनै पनि पुरानो नाममा नयाँ फिल्म बनाउन पाइने व्यवस्था छ।
रोहितले यसअघि गाजलु, छ माया छपक्कै र फर्की फर्की जस्ता फिल्महरु निर्माण गरेका थिए।
Shares

प्रतिक्रिया