कला


पोर्नोग्राफी मुद्दामा शिल्पा शेट्टीको घरमा छापा

पोर्नोग्राफी मुद्दामा शिल्पा शेट्टीको घरमा छापा

फाइल तस्बिर: शिल्पा शेट्टी दम्पती


नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १४:३, काठमाडौँ

पोर्नोग्राफी मुद्दामा राज कुन्द्रा तथा उनकी पत्नी बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा प्रवर्तन निर्देशालय (ईडी) ले छापा मारेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान ईडीको टोलीले कुन्द्राको घरपछि कार्यालयमा पनि छापा मारेको हो।

यसबाहेक मुम्बई र उत्तर प्रदेशका करिब १५ ठाउँमा खोजी भइरहेको छ। मोबाइल एप्लिकेसन र अन्य माध्यममार्फत पोर्नोग्राफीको सर्कुलेसन पत्ता लगाइरहेको छ।

राज कुन्द्राविरुद्ध ‘हटसट एप’मार्फत मानिसहरूलाई पोर्न सामग्री उपलब्ध गराएको र उत्पादन गरेको आरोप छ। यस एपका मालिक उनी आफैँ हुन्।  उनको यो एप यसअघि गुगल र एप्पलमा उपलब्ध थियो। तर, सन् २०२१ मा उनीविरुद्ध मुद्दा परेपछि हटाइयो।

केही समयअघि ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन २००२ अन्तर्गत राज कुन्द्राको ९७ करोड ७९ लाख भारु बराबरको चलअचल सम्पत्ति जफत गरेको थियो। जफत गरिएको सम्पत्तिमा शिल्पा र राजको एउटा घर पनि छ।

सन् २०२१ जुलाईमा राज अश्लील फिल्म बनाएको आरोपमा प्रकाउ परेका थिए। केही समय उनी जेल परेर धरौटीमा रिहा भएका थिए।

सन् २००९ मा बिहे गरेका शिल्पा र राजका दुई छोराछोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad