निरोज महर्जन निर्देशित फिल्म ‘फेरी रेशम फिलिली’को छायांकन सकिएको छ। काठमाडौँ, पाँचखाल, बारा र चितवनमा खिचिएको फिल्मको सम्पुर्ण छायांकन ३५ दिनमा सकिएको निर्माता रौनक विक्रम कडेलले बताए।
यो फिल्म २०७२ सालमा रिलिज भएको सिनेमा रेशम फिलिलीको सिक्वेल हो। पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिया ‘फेरी रेशम फिलिली’को मुख्य भूमिकामा दोहोरिएका छन्। अभिनेत्रीमा यसपटक सुपुष्पा भट्टले मुख्य भूमिकामा छिन्।
फिल्ममा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय छ।
‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेलको लगानी रहेको फिल्मको कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्माता एनी थापा छन्।
सिनेमा आर्र्टसको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइबा र दीपक शर्माको संगीत रहेको छ।
Shares

प्रतिक्रिया