कला


किन पक्राउ परे अल्लु अर्जुन?

किन पक्राउ परे अल्लु अर्जुन?

फाइल तस्बिर: अभिनेता अल्लु अर्जुन


नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १४:८, काठमाडौँ

दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई शुक्रबार भारतको हैदराबाद प्रहरीले पक्राउ गरेको छ।

केही दिनअघि उनको फिल्म पुष्पा २’ हैदरबादमा प्रदर्शनका क्रममा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उनलाई प्रहरीले सोधपुछका लागि चिक्कडपल्ली पुलिस स्टेसन पुर्‍याएको छ। 

यस्तो थियो घटना 
भारतीय सञ्चारमाध्यमका अनुसार यही डिसेम्बर ४ मा हैदरावादको एक थिएटरमा उनको फिल्म ‘पुष्पा २’ को प्रिमियरका क्रममा भागदौड मच्चिएको थियो।

त्यस क्रममा थिचिएर रेवती नामकी ३५ वर्षीया महिलाको मृत्यु भएको थियो भने उनका छोरा १३ वर्षीय श्रीतेज गम्भीर घाइते भएका छन्। उनको उपचार जारी छ। 

आफू आउने जानकारी नदिई आउँदा भागदौड मच्चिएको र त्यस्तो घटना भएको आरोप अभिनेता अल्लु अर्जुनलाई लागेको हो।

घटनापछि प्रहरीले उनीसहित उनको व्यवस्थापन टोलीविरुद्ध नै जाहेरी दर्ता गरेको थियो। 

मृतकको परिवारको उजुरीका आधारमा प्रहरीले अभिनेता अल्लु, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध चिक्कडपल्ली पुलिस स्टेसनमा भारतीय न्याय संहिता (बीएनएस) को धारा १०५ र ११८ (१) अन्तर्गत जाहेरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad