कला


‘पुष्पा २’ प्रिमियरको भागदौडमा मारिएकी महिलाका ९ वर्षीय छोराको अवस्था गम्भीर

‘पुष्पा २’ प्रिमियरको भागदौडमा मारिएकी महिलाका ९ वर्षीय छोराको अवस्था गम्भीर

फाइल तस्बिर: अभिनेता अल्लु अर्जुन


नेपालखबर
पुस ३, २०८१ बुधबार १४:१२, काठमाडौँ

दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ को स्पेसल स्क्रिनिङमा भागदौडमा घाइते भएका बालक अझै भेन्टिलेटरमा छन्। 

यही डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २’को प्रिमियरमा मच्चिएको भागदौडमा च्यापिएर ३५ वर्षीया रेवती नामकी महिलाको मृत्यु भएको थियो भने उनका ९ वर्षीय छोरा श्रीतेज गम्भीर घाइते भएका थिए। 

भारतीय सञ्चारमाध्यमका अनुसार श्रीतेजको अवस्था अझै नाजुक छ र भेन्टिलेटर सपोर्टमा राखिएको छ। किम्स कडल्स हस्पिटलले श्रीतेजको स्वास्थ्यबारे नयाँ अपडेट सार्वजनिक गरेको छ। 

अस्पतालका अनुसार श्रीतेज अझै पेडियाट्रिक आईसीयूमा छन् र अझै 'मेकानिकल भेन्टिलेसन' आवश्यक छ। उनको शरीरमा न्युरोलोजिकल प्रतिक्रिया नहुँदा घाँटीमा श्वासप्रश्वासको नली हाल्न शल्यक्रिया गर्ने तयारी भइरहेको छ।

उक्त प्रकरणमा गत शुक्रबार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले पक्राउ गरेको थियो। तर उच्च अदालत तेलंगनाको आदेशमा उनी धरौटीमा शनिबार बिहान रिहा भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad