कला


कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’ चैत्र २९ गतेबाट रिलिज हुने

कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’ चैत्र २९ गतेबाट रिलिज हुने

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १३:४७, काठमाडौँ

कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’को प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार सिनेमाको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा ‘पिताम्बर’ प्रदर्शन गर्ने घोषणा गरेको हो।

‘पिताम्बर’को विभिन्न सेड्युलमा निर्देशक चौलागाईले ७० दिनमा छायांकन सकेकी थिइन्। ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक कृषाले बताउँदै आएकी छन्।

‘पिताम्बर’को सार्वजनिक पोस्टर आकर्षक देखिएको छ। पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई फिचर्ड छन्। रगताम्मे प्रदीपले प्रमुख स्थान पाएको पोस्टरमा आक्रामक शैलीमा बन्दुक चलाइरहेका सौगात देखिन्छन्। 

दयाहाङको अनुहारमा भने रिस देखिन्छ। शुक्रबार सार्वजनिक पोस्टरले यो सिनेमा एक्सनप्रधान रहेको प्रष्ट भएको छ। पोस्टरले दर्शकलाई आकर्षित गर्नसक्ने देखिएको छ।

‘पिताम्बर’स्टार कलाकारहरूको बलियो लाइनअप भएको सिनेमा हो। सिनेमामा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझि, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ।

 ‘पिताम्बर’को पहिलो चरणको छायाँकन गतवर्षको चैत्रमा नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सुरु भएको थियो।

केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन्। 

प्रदीप भारद्वाज लेखन र हिमाल केसीको द्धन्द्व निर्देशन रहेको सिनेमालाई निर्देशक कृषाले लार्ज स्केल बनाएकी छन्। सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ। यसअघि कृषाले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन्। यो सिनेमाले दर्शक तथा समीक्षकबाट प्रसंशा पाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad