कला


पर्यटनमन्त्री बद्री पाण्डेलाई अभिनेता जोन अब्राहमको पत्रः महोत्सवमा हात्ती प्रयोग बन्द गर्नुहोस्

पर्यटनमन्त्री बद्री पाण्डेलाई अभिनेता जोन अब्राहमको पत्रः महोत्सवमा हात्ती प्रयोग बन्द गर्नुहोस्

फाइल तस्बिर: अभिनेता अब्राहम र मन्त्री पाण्डे


नेपालखबर
पुस ६, २०८१ शनिबार ९:१०, काठमाडौँ

यही पुस ११ देखि १५ गतेसम्म चितवनमा आयोजना गर्न लागिएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा हात्ती प्रयोग नगर्न आग्रह गर्दै बलिउड अभिनेता जोन अब्राहमले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन्।

पत्रमा उनले महोत्सवका नाममा हात्तीलाई दुर्व्यहार र पीडा दिने काम हुने भएकाले त्यसलाई रोक्न अनुरोध गरेका छन्।  

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार अभिनेता अब्राहमले महोत्सवका क्रममा हात्तीलाई कुटपिट गर्ने, दौडिन बाध्य पार्ने, पर्यटकको सवारी तथा पोलो र फुटबल खेल्न प्रयोग गर्ने गरिएकाले यस्ता कार्यले जनावरको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने उल्लेख गरेका छन्।

‘यी बुद्धिमान र संवेदनशील जनावरले खेलका क्रममा शारीरिक र भावनात्मक पीडा भोग्नुपर्छ’, मन्त्री पाण्डेलाई सम्बोधन गर्दै अभिनेता अब्राहमले लेखेका छन्, ‘जसले प्राकृतिक वासस्थानमा हात्तीहरूको सुन्दरता देखेका छन्, ती सबैलाई थाहा छ– हात्ती शक्ति र बुद्धिको प्रतीक मात्र नभई राष्ट्रिय सम्पदासमेत हुन्।’

यसैले महोत्सवमा हात्ती प्रयोग गर्ने प्रथा बन्द गर्न पत्रमा उनले आग्रह गरेका  छन्। अब्राहमले लेखेका छन्, ‘नेपालसँग सबै जीवित प्राणीप्रति दया र सम्मानको मूल्य स्थापित गर्दै साझा भविष्यतर्फ अगाडि बढ्ने अवसर छ।’

पत्रमा उनले नेपाल आफ्नो हृदयमा रहेको उल्लेख गर्दै यहाँ वन्यजन्तुप्रतिको माया र प्राकृतिक सौन्दर्यको संरक्षणबाट सुनिश्चित हुने आशा व्यक्त गरेका छन्। 

त्यसो त लामो समयदेखि पशुअधिकारवादीहरूले हात्ती महोत्सवको विरोध गरिरहेका छन्। महोत्सवका नाममा हात्तीलाई कुटपिट गरी रगताम्मे बनाउने, दुर्व्यवहार गर्ने र मनोरञ्जनका लागि प्रयोग गर्ने कार्य बन्द गर्न माग गरिरहेका छन्। 

हेर्नुहोस् मन्त्री पाण्डेलाई अभिनेता अब्राहमले लेखेको पत्र-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad