कला


घरमा भएको आक्रमणबारे अल्लु अर्जुनका बुवाले खोले मुख

घरमा भएको आक्रमणबारे अल्लु अर्जुनका बुवाले खोले मुख

नेपालखबर
पुस ८, २०८१ सोमबार १२:५९, काठमाडौँ

दक्षिण भारतीय फिल्म ‘पुष्पा २’सफलताको आनन्द लिनुको सट्टा अभिनेता अल्लु अर्जुन विवादमा फसेका छन्। सन्ध्या थिएटरमा ‘पुष्पा २’को प्रदर्शनमा भागदौड भएको घटनामा प्रकाउ परेर रिहा भएका अल्लुको घरमा प्रदर्शनकारीले आक्रमण गरेका थिए। 

२२ डिसेम्बरमा हैदरावादमा अल्लु अर्जुनको घरलाई ओस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूको संयुक्त कार्य समिति भनेर दाबी गर्ने केही व्यक्तिहरूले तोडफोड गरेका थिए। आन्दोलनकारीले उनको घरमा टमाटर फालेको र तोडफोड गर्नुका साथै पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेको बताइएको छ। 

उक्त आक्रमणबारे अर्जुनका पिता अल्लु अरविन्दले प्रतिक्रिया दिएका छन्। अल्लु अर्जुनका बुवाले मिडियासँग कुरा गर्दै भने, ‘आज हाम्रो घरमा के भयो सबैले देखे तर अब हामीले सही ढंगले काम गर्ने बेला आएको छ, प्रतिक्रिया दिने यो उपयुक्त समय होइन। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको छ।’

अल्लु अर्जुनका बुवाले थपे, ‘यहाँ हड्ताल गर्न आए जोसुकैलाई पनि लैजान प्रहरी तयार छ, यस्ता घटनालाई कसैले प्रचार गर्न नपरोस्। यहाँ मिडिया भएकोले कानुनले आफ्नो बाटो लिन्छ भनेर मैले प्रतिक्रिया दिएको होइन।’

हालै एक थिएटरमा पुष्पा २ फिल्म प्रिमियरका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो। उक्त प्रकरणमा अल्लु अर्जुनविरुद्ध पनि जाहेरी दर्ता भएको छ। केही दिनअघि भारतको हैदराबाद प्रहरीले उनलाई पक्राउ पनि गरेको थियो। त्यसपछि अल्लु अर्जुन जमानतमा रिहा भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad