अभिनेता दीपकराज गिरी फिल्म ‘फनफनी घुमेर’मा अनुबन्धित भएका छन्। सरोज न्यौपानेको लगानीमा बन्ने फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन्।
बुधबार निर्माणटिम र दीपकबीच कागती सम्झौता भएको हो। निर्माता सरोज न्यौपानेले दीपक मुख्य भूमिकामा देखिन लागेको जानकारी दिए।
आमा सरस्वती मुभिज ब्यानरबाट निरन्तर काम गरिरहेका दीपकले पहिलोपटक बाहिरको काममा हात हालेका हुन्। ‘६ एकान ६’ देखि ‘छक्का पञ्जा ५’ सम्म आइपुग्दा दीपकले बाहिरी ब्यानरमा काम गरेका छैनन्।
‘छक्का पन्जा ६’ निर्माण नहुन्जेल बाहिरी ब्यानरमा काम गर्न थालेको दीपकको भनाइ छ।
बाँकी कलाकारहरुको भने टुंगो लाग्न सकेको छैन। निर्माणटिमले आगामी वर्षको तिहारमा फिल्म प्रदर्शन गर्ने जनाएको छ।
255
Shares

प्रतिक्रिया