कला


दीपक रौनियार निर्देशित फिल्म ‘पूजा सर: राजागंज’ को पोस्टर सार्वजनिक

दीपक रौनियार निर्देशित फिल्म ‘पूजा सर: राजागंज’ को पोस्टर सार्वजनिक

नेपालखबर
पुस १८, २०८१ बिहिबार १३:१, काठमाडौँ

दीपक रौनियार निर्देशित फिल्म ‘पूजा सर: राजागंज’को पोस्टर सार्वजनिक गरिएको छ। चैत १ गते रिलिज हुने चलचित्रको पोस्टर निर्माणपक्षले आज सार्वजनिक गरेको हो। 

पोस्टरमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन्। दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक पोस्टरमा छन्। दयाहाङ प्रहरी एसपीको पोशाकमा देखिएका छन्। कुनै घटनाका लागि तयार रहेको प्रहरी टोलीजस्तो देखिएको छ। 

निर्देशक दीपक रौनियारले यसअघि ‘ह्वाइट सन’ लगायतका फिल्महरु निर्देशन गरिसकेका छन्। 

रौनियार तिनै निर्देशक हुन जसको पछिल्लो रिलिज ‘ह्वाइट सन’को प्रशंसा विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलो समेतले प्रशंसा गरेका थिए। यो सिनेमालाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचिमासमेत राखेको थियो। 

यस फिल्मलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गरेका छन्। पुलिस थ्रिलरको जनरामा बनेको फिल्ममा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल, पुष्पा यादवको पनि अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad