कला


‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म

‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म

नेपालखबर
पुस २१, २०८१ आइतबार १२:३७, काठमाडौँ

सरोज पौडेलको निर्देशनमा फिल्म ‘कोशेढुंगा’ बन्ने भएको छ।

हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्देशक पौडेलले नयाँ फिल्म घोषणा गरेका हुन्।

उनले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन्।

थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा पहाड हेरिरहेकी एक महिला उभिएकी छन्।

माथि डाँडामा उभिएकी उनका अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ। परपर क्षितिज छ।

घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको अनुमान लगाउन सकिन्छ।

डाँडामा उभिएर पहाड हेर्दै गरेकी महिलाले पहाडी जीवन छाडेर सपना पछ्याउन हिँडेको अर्थ लगाउन सकिन्छ।

पोस्टरले ‘कोशेढुंगा’ सोसल ड्रामा भएको प्रस्ट हुन्छ। तर, यस विषयमा निर्माण पक्षले केही बोलेको छैन।

निर्माण पक्षले जानकारी दिएअनुसार चलचित्र २०८२ मा रिलिज हुनेछ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेने छन्।

बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्।

चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ।

कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन्।

चलचित्रको मुख्य भूमिकामा को-को रहनेछन् भन्नेबारे भने निर्माण टिमले जानकारी दिएको छैन।

‘सिनेमा कस्तो हुने, कथा के हो, कलाकार को-को हुने, त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ। तर, हामी यति भन्छौँ- पूर्ण बहादुरको सारंगी जसरी दर्शकले मन पराउनुभयो, त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ।’

पौडेल निर्देशित ‘पूर्ण बहादुरको सारंगी’ सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म हो। यसले नेपाली बक्सअफिसबाट मात्रै ५० करोड रुपैयाँ कलेक्सन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad