कला


चलचित्र विकास बोर्डद्वारा ९ समिति गठन

केकी र स्वस्तिमासहित को को छन्?
चलचित्र विकास बोर्डद्वारा ९ समिति गठन

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८१ बुधबार ११:४४, काठमाडौँ

चलचित्र विकास बोर्डले ९ वटा समिति गठन गरेको छ। बोर्डका सदस्यसँगै चलचित्रकर्मी, सञ्चारकर्मी, सरकारी अधिकारी तथा सम्बन्धित क्षेत्रका विशेषक्षहरुलाई समेटेर समिति गठन गरिएको छ। 

जसमा छात्रवृत्ति छनोट सिफारिस समितिदेखि बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति, चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन समिति, आर्थिक सहयोग सिफारिस समिति, महिला चलचित्रकर्मी सशक्तीकरण समिति रहेका छन्।

त्यसैगरि, आदिवासी जनजाति मातृभाषी प्रवर्द्धन समिति, चलचित्र प्रदर्शन अनुगमन समिति, कथा संग्रहालय मूल्यांकन तथा छनोट समिति र मोफसलका चलचित्र मूल्यांकन तथा छनोट समिति गठन गरिएको छ। 

जसमा सबै समितिको संयोजक बोर्डका सदस्यहरू नै राखिएका छ।  महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा अभिनेत्री केकी अधिकारीलाई राखिएको छ। त्यसै समितिमा अभिनेत्री स्वस्तिमा खड्का सदस्यको रुपमा रहेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad