आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्याे झमक्क’ सार्वजनिक भएको छ।
एक कार्यक्रमबीच प्रकास सपूतको डेब्यु निर्देशकीय फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो।
गीतमा प्रकाश सपूतको शब्द तथा संगीत रहेको छ। शान्ति श्री परियारसहित गायक सपुतको स्वर सुन्न सकिन्छ।
गीतको भिडिओमा फिल्मकै मुख्य कलाकार प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी र खड्क बहादुर पुन (खबपु) लाई देख्न सकिन्छ।
मौसम हिमालीको कोरियोग्राफी तथा प्रविन भट्टको सम्पादन रहेको गीतमा गायक तथा निर्देशक प्रकास सपुतले बागलुङ जिल्ला आसपासमा परिचित यानिमाया, सालैजो र घाँसदाउरा अनि मेलापातमा प्रयोग हने टिपिकल ग्रामिण परिवेश देखाएका छन्।
‘वसन्त’ निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । सिनेमामा अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ।
सिनेमा निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्। सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौँ उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन्
भिडिओ
Shares

प्रतिक्रिया