कला


‘माइतीघर’मा उपासनासँगै धिरज मगर पनि

‘माइतीघर’मा उपासनासँगै धिरज मगर पनि

नेपालखबर
माघ ७, २०८१ सोमबार १४:१०, काठमाडौँ

रोहित अधिकारीको फिल्म ‘माइतीघर’मा अभिनेता धिरज मगर अनुबन्धित भएका। फिल्मको मुख्य भूमिकामा अभिनेता धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारहरुको लाइनअप पुरा भएको हो।

निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी संझौता भएको हो। फिल्ममा तीन स्टार कलाकारहरुले काम गर्ने पक्का भएको छ। 

फिल्ममा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन्। फिल्ममा नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् । फिल्ममा वुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ।

यसअघि धिरज र उपासनाले फिल्म ‘खुस्मा ’मा एकसाथ काम गरेका थिए। 

यो फिल्मको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ। फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ। 

मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ। चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad