गायक हेमन्त शर्माको नयाँ गीत ‘नम्बरी सुन हो नि म त’ सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गीतमा हेमन्तसहित चर्चित गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ।
हेमन्तकै शब्द र संगीत रहेको गीतलाई गीतलाई कृष्ण विके (भान्जा) ले एरेन्ज गरेका हुन्। श्यामश्वेत रसाइलीले गीतको साउन्ड इडिटिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन्।
हेमन्त शर्मा युट्युव अकाउन्डमार्फत सार्वजनिक गरिएको गीतमा केटाकेटीबीचको प्रेमिल भाव प्रस्तुत गरिएको छ। गीतसहित भिडिओलाई पनि रमाइलो प्याटनमा तयार पारिएको छ।
गीतको भिडिओमा हेमन्तसहित डोना थापा मगर, जुना विश्वकर्मा, अरुण थापा मगर लगायतको अभिनय छ। भिडिओमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको छ।
वुद्ध थापाको टिमले खिँचेको भिडिओलाई अमृत चापागाईंले सम्पादन गरेका हुन्।
462
Shares

प्रतिक्रिया