बालबालिकालाई लक्षित गर्दै सांगीतिक रियालिटी शो ‘नेपाल किड्स आइडल’ हुने भएको छ।
जय मिडिया मेनेजमेन्टको आयोजनामा हुने शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन्।
जय मिडियाका संस्थापक जय राज रायले नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गर्ने जानकारी दिए।
उनले भने, ‘हामी फागुनबाट अडिसन सुरु गर्छौँ। माघको अन्तिम साताबाट अडिसन गर्ने पूर्वयोजना भए पनि प्रतिकूल मौसमका कारण फागुनमा गर्न लागेका हौँ।’
शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपैयाँ नगद पुरस्कारसहित विभिन्न उपहार पाउनेछन्।
संस्थापक जय राजले शोको निर्णायक चाँडै सार्वजनिक गरिने बताए। उनका अनुसार २८ एपिसोड हुनेछन्।
Shares

प्रतिक्रिया