कला


सैफ आक्रमण प्रकरणमा पश्चिम बंगालमा पक्राउ परिन् महिला

सैफ आक्रमण प्रकरणमा पश्चिम बंगालमा पक्राउ परिन् महिला

आक्रमणपछि सैफ अली खान


नेपालखबर
माघ १४, २०८१ सोमबार २०:४६, काठमाडौँ

अभिनेता सैफ अली खानलाई भएको चक्कु आक्रमणको घटनामा मुम्बई प्रहरीले सोमबार पश्चिम बंगालको नादिया जिल्लाबाट एक महिलालाई पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि मुम्बईबाट पक्राउ परेका शरिफुल इस्लामले प्रयोग गरेको सिम ती महिलाको नाममा दर्ता भएको अनुसन्धानबाट खुलेको छ।

मुम्बई प्रहरीको दुई सदस्यीय टोली आइतबार पश्चिम बंगाल पुगेको छ।

‘सैफ अली मुद्दामा मुम्बई प्रहरीले नादिया जिल्लाको छपराबाट एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले उनलाई मुम्बई लान ट्रान्जिट रिमान्डका लागि आवेदन दिन सक्छ’, पश्चिम बंगाल प्रहरी स्रोतले पीटीआईलाई भन्यो।

यी महिलाले सैफ मुद्दामा पक्राउ परेका बंगलादेशी शरिफुल इस्लामलाई चिन्छिन्।

प्रहरीले भन्यो, ‘शरिफुल उत्तर बंगालको सिलिगुडीनजिकै भारत-बंगलादेश सीमा हुँदै अवैध रूपमा भारत प्रवेश गरेका थिए र यी महिलाको सम्पर्कमा आएका थिए। उनी वास्तवमा पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको आन्डुलियाकी बासिन्दा हुन्।’

जनवरी १५ को राति अबेर सैफलाई घरमै कसैले चक्कु हानेको थियो। गम्भीर घाइते उनी ५ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थिए। 

जनवरी २२ मा मुम्बई प्रहरीले शरिफुलको औँठाछाप र अन्य नमुना संकलन गरेर सीआईडी प्रयोगशालामा पठाएको थियो।

तर शरिफुल इस्लामको औँठाछाप अभिनेता सैफको घरबाट लिइएका नमुनासँग मेल खाएन। त्यसपछि प्रहरी अनुसन्धानमै प्रश्न उठिरहेको छ।

फोरेन्सिक टोलीले अभियुक्तको लुगा र सैफको लुगामा भेटिएको रगतको नमुना पनि अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad