कला


म हिरो हैन, समाजको चरित्र हो : अभिनेता विजय बराल

म हिरो हैन, समाजको चरित्र हो : अभिनेता विजय बराल

नेपालखबर
माघ २४, २०८१ बिहिबार १८:४, काठमाडौँ

अभिनेता विजय बरालले आफू सिनेमाको हिरो नभएर, समाजको चरित्र भएको बताएका छन्।

उनले हाँस्दै भने, ‘म हिरो त मेरी श्रीमती र छोरोको मात्रै हो, फिल्मका लागि त चरित्र हिरो हो।’

लगातर सहायक भूमिकापछि ‘पूर्णबहादुरको सारङ्गी’बाट मुख्य भूमिकामा आएका उनले अभिनयलाई पढाईले निखारता ल्याउने पनि बताए।

ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा उनले भने, ‘अभिनय जन्म जातै हुन्छ। हरेक कुरा अवलोकन गरेर त्यसैको नक्कल गर्नु नै अभिनय हो तर त्यसलाई भावमा रुपान्तरण गर्नुपर्छ।’

उनले अभिनय पनि एक जनरा भएको भन्दै थपे, ‘अहिले प्राकृतिक अभिनय सबैले मन पराइरहनुभएको छ। मेरो फिल्म पूर्ण बहादुरको सारङ्गीलाई धेरै मन पराउनुको कारण पनि यहि हो।’

पहिले सहायक भूमिकामा रहँदा र अहिले मुख्य भूमिकामा अनुबन्धित हुँदा अभिनयमा फरक नभएपनि त्यसलाई डोहोर्याउने तरिकामा भने फरक हुने उनले बताए।

उनले भने, ‘सहायक भूमिका भनेको बाटोको काँडा सफा गर्ने जस्तै हो तर मुख्य भूमिकामा जिम्मेवारी बोध र दवाव महशुस हुने रहेछ।’

उनले पहिलेको भन्दा अहिले ५ गुणा पारिश्रमिक बढेको र जिम्मेवारी पनि उस्तै बढेको बताए। भने, ‘धेरैले फिल्म चलेपछि भाउ बढेछ भन्छन् तर मैले मागेको हैन, उहाँहरु आफैँ दिन आउनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad